बारामा टाटा सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुस १८, २०८० |रमेश ठाकुर
बारामा टाटा सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा । बाराको जीतपुरमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित ६ लेन सडकमा मंगलबार राति टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका-३२ का २७ वर्षीय दीपक शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

पथलैयाबाट जीतपुरतर्फ आउँदै गरेको ना १ ज ३५२७ नम्बरको टाटा सुमोले ना ५९ प ३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जेब्रा क्रसिङमा रोकिरहेको मोटरसाइकललाई टाटा सुमोले ठक्कर दिए पछि शर्मा सिकिस्त घाइते भएको र उनको गण्डकस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

ठक्कर दिने टाटा सुमो चालक दुर्घटनापछि फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।