कोरियाका लागि उत्पादनमूलक कोटामा फाराम भर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन, मन्त्रीको गाडीमा आगजनी

पुस १३, २०८० |कान्तिपुर टीभी संवाददाता
कोरियाका लागि उत्पादनमूलक कोटामा फाराम भर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन, मन्त्रीको गाडीमा आगजनी

काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरिएको छ । जहाज निर्माण सम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा फाराम भर्न दिइनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको उनका प्रेस सल्लाहकार जीवन बीसीले जानकारी दिए ।

यस अघि लिइएको २ हजार ५ सयको कोटामा ३२ हजार भन्दा धेरैले आवेदन दिएका हुन् । श्रम मन्त्रालय अन्तर्गतको ईपीएस कार्यालयले विभेद गरेको भन्दै युवा आन्दोलित भएका हुन् ।

सन् २०२४ मा कोरिया सरकारले करिब १६ हजार युवा लैजाने नीति लिएको छ । कोरियाको रोजगार अनुमति प्रणाली-ईपीएसअन्तर्गत भाषा परीक्षामा यस पटक १ लाख ४३ हजारभन्दा बढीको आवेदन परेको छ । आवेदनका लागि तोकिएको पाँच दिनमा १ लाख ४३ हजारभन्दा बढीको आवेदन परेको हो । 

सन् २०२४ का लागि कोरिया सरकारले नेपाललाई १६ हजारको कोटा उपलब्ध गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.