मनाइयो छैटौं राष्ट्रिय झन्डा दिवस (तस्बिरहरू)

पुस १, २०८० |सुरज खड्का
मनाइयो छैटौं राष्ट्रिय झन्डा दिवस (तस्बिरहरू)

काठमाडौं । छैटौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झन्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍यालीसमेत निकालेको थियो ।

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झन्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । उनले झन्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान सुरु गरेको बताए ।

‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झन्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा सम्झिने गर्छौं,’ उनले भने, ‘झन्डाको पहिचानलाई उजागर गर्नको लागि हामीले यो अभियानको सुरुवात गरेका हौँ । नेपालीलाई नै झन्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान सुरु गरेका हौँ । युवा पुस्तालाई झन्डाप्रति जागृत गराउन यो दिवस सुरु गरिएको हो ।’

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झन्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।


Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement