त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, ३ विदेशी पक्राउ

मंसिर २४, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, ३ विदेशी पक्राउ

फाइल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५९० ग्राम सुन बरामद भएको छ । सुनसँगै प्रहरीले इजिप्ट र सुडानका नागरिकलाई पनि पक्राउ गरेको छ ।

शनिबार राति ११ : ५१ बजे काठमाडौंमा अवतरण गरेको फ्लाई दुबईको जहाजमा आएका उनीहरुलाई प्रहरीले चेकजाँचका क्रममा सुनसहित पक्राउ गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसँग सुन तस्करीमा संलग्न रहेको आशंकामा दुई सुडानी नागरिक पनि पक्राउ परेका छन् । तर उनीहरुले सुन तस्करीमा संलग्नता स्वीकार गरेका छैनन् ।

प्रहरीले बरामद गरेको सुन अर्धठोस अवस्थामा रहेको छ । हाफ ज्याकेटको गोजीमा लुकाएर ल्याइएको सुन भन्सारबाट बाहिरिसकेपछि प्रहरी टोलीले बरामद गरेको थियो ।

यसअघि गत बिहीबार राति फ्लाई दुबईकै जहाजबाट काठमाडौं आएका यात्रुबाट १४ किलो सुन बरामद भएको थियो । सरकारले उक्त सुन तस्करी प्रकरणबारे छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । 

यो पनि...

१४ केजी अवैध सुनसहित गोरखाका चन्द्र घले विमानस्थलबाट पक्राउ (भिडियोसहित)

बिहीबार राति समातिएको १४ केजी सुनको छानबिन गर्न समिति गठन 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.