भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं । आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यसै अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरेको छ ।

सन् २००३ अक्टोबर ३१ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गर्दै डिसेम्बर ९ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो । उक्त महासन्धि २००५ डिसेम्बरदेखि कार्यान्वयनमा आएको हो । 

संयुक्त राष्ट्रसङ्घीय लागूपदार्थ तथा अपराध निकायको तथ्यांकअनुसार विश्वभर बर्सेनि १ खर्ब डलर बराबरको घुस लेनदेन हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.