स्रोत नखुलेको ८ लाख नगदसहित दुईजना नियन्त्रणमा

मंसिर ८, २०८० |विकास ठाकुर
स्रोत नखुलेको ८ लाख नगदसहित दुईजना नियन्त्रणमा

महोत्तरी । स्रोत नखुलेको ८ लाख रुपैयाँसहित महोत्तरीबाट दुईजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने सम्सी गाउँपालिका- ३ बस्ने २८ वर्षीय  रमेशकुमार साह र रामगोपालपुर नगरपालिका, सहसौला बस्ने ३२ वर्षीय अनिल चौधरी रहेको जनाइएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा दुवै जनालाई सम्सी गाउँपालिका-५ पोखरभिण्डा सीमा इलाकामा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण महोत्तरीले जानकारी दिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्दा ८ लाख १० हजार  रुपैयाँ भेटिएको र त्यसको स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति, मोटरसाइकल र २ वटा मोबाइल अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण महोत्तरीले जनाएको हो ।


Image

विकास ठाकुर

ठाकुर कान्तिपुर टीभीका महोत्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement