जाजरकोट भूकम्पका प्रभावितको अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
जाजरकोट भूकम्पका प्रभावितको अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूको नाममा सोमबार एक अर्ब ४१ करोड निकासा भएको हो ।

जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो ।

प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ । भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै सङ्घीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधुरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए ।

उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.