अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फोटो फिचर)

मंसिर ३, २०८० |विनोद कोजू|सुरज खड्का
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फोटो फिचर)

काठमाडौं । सूर्यको उपासनाको पर्व छठको आज मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिइएको छ । मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा छठीमाताको पूजाअर्चनासहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

छठ पर्वका लागि देशभरका विभिन्न स्थानमा नदी किनार तथा जलाशयहरु सिँगारेर झकिझकाउ बनाइएका छन् । विगतमा तराई मधेशमा मात्र मनाइने छठ पछिल्ला वर्षहरुमा पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । काठमाडौं उपत्यकामा पनि बागमती, मनोहरालगायत नदी र विभिन्न जलाशयमा छठघाट सजाएर झकिझकाउ पारिएको छ ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ समापन हुनेछ । विधिपूर्वक व्रत बसेर छठी माताको पूजा र सूर्यको उपासना गर्दा मनले मागेको फल पाइने र परिवारको कल्याण हुने विश्वास गरिन्छ ।

सूर्यदेवको आराधना र पूजा गरेर कार्तिक शुक्ल चतुर्दशीदेखि सप्तमीसँग छठ मनाइन्छ ।

हेरौं थप तस्बिर :


Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।

Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement