ढकमक्क फूलले थपिएको रंग (तस्बिरहरू)

मंसिर ३, २०८० |विनोद घिमिरे
ढकमक्क फूलले थपिएको रंग (तस्बिरहरू)

धनकुटा । ढकमक्क फूलेका विभिन्न जातका फूलले धनकुटा बजार क्षेत्रको सुन्दरतामा रंग थपेको छ ।

वातावरणीय स्वच्छता र सुन्दरता प्रवर्द्धनका लागि धनकुटा नगरपालिकाले कोशी राजमार्गको जिरो प्वाइन्ट-कागते खण्डको सडक किनारामा २५ बढी जातका फूलका झन्डै दुई हजार विरुवा रोपेको छ ।

अहिले नगरका भित्री सडक किनारमा चार रंगका बेगनबेली, सयपत्री, टिकुमा, रातो र सेतो लालुपाते ढकमक्क छ्न् । जिरो प्वाइन्ट, परिचय मोड, कागते, शरस्वती चोक, सल्लेरी, नगरपालिका रोड र कागतेसम्म यात्रा गर्दा यस्ता फूलको सौन्दर्यमा रम्न सकिन्छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement