आजका मुख्य समाचार
– रुपन्देहीमा सरकारी कर्मचारीकै संलग्नतामा सामूहिक जबरजस्ती करणीको घटना सार्वजनिक/पीडित किशोरीसहित परिवारलाई ज्यानै लिने धम्की/ न्याय दिन प्रदेशसभा सदस्यको माग ।
– काठमाडौंका नदी किनारमा ४० मिटर खाली गर्नुपर्ने सर्वोच्चको आदेश कार्यान्वयन गर्न नसकिने उच्चस्तरीय समितिको ठहर/२२ खर्ब मुआब्जा दिँदा सरकारले थेग्नै नसक्ने निष्कर्ष ।
– उपसभामुख हटाउने तयारीमा सत्तारुढ दलको अल्पविराम/ संसदीय प्रक्रिया रोकेर राजीनामा पर्खिने/ राजनीतिक मुद्दा बनाए प्रतिकार गर्ने रास्वपाको चेतावनी ।
– मानवपुँजी व्यवस्थापनमा सरकार गम्भीर नहुँदा नेपाली बजार नै अस्तव्यस्त/ उपभोक्ता घटेर उत्पादन नै कटौती गर्न उद्योगी बाध्य ।