काठमाडौंमा पनि छठको तयारी (तस्बिरसहित)

मंसिर १, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा पनि छठको तयारी (तस्बिरसहित)

काठमाडौं । सूर्य उपासनाको पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज व्रतालु नुहाएर चोखो हुन्छन् ।

आज ‘नहाय खाय’ हो । व्रतालुले आज स्नान गरी ‘अरबा अरबाइन’ भोजन गर्ने गर्छन् । दोस्रो दिन भोलि (शनिबार) खरना- अन्तर्गत उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यलाई आहृवान गरिन्छ । तेस्रो दिन (आइतबार) पर्वमा प्रयोग हुने विभिन्न किसिमका परिकारहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन हुन्छ ।

छठमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायत सामग्री चढाइन्छ । त्यस्तै प्रसादका रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अर्घ्यका रुपमा चढाउने गरिन्छ ।

शुद्ध, सात्विक र पवित्र भई गरिने सूर्य पूजाको उपासना छठको व्रत गर्नाले आफ्ना मनोकामना पूरा हुने र सुख-शान्ति आउने जनविश्वास छ ।

काठमाडौंमा पनि छठको तयारी गरिएको छ । हेरौं थप तस्बिर :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement