बालगोपालेश्वरमा भाइटीका (तस्बिरहरू)

कार्तिक २९, २०८० |हेमकुमार प्रसाईं
बालगोपालेश्वरमा भाइटीका (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको बिहानैदेखी घुइँचो लागेको छ ।

वर्षमा एक दिन भाइटीकाको दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले भाइटीका लगाउने गर्छन् । यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गरिन्छ । भाइटीकाका लागि बिहान ५ बजेदेखि नै मन्दिर खुला गरिएको थियो ।

काठमाडौं महानगरपालिकाकाअनुसार आज बेलुकीसम्मै मन्दिर खुला गरिनेछ । बिहानैदेखि दिदीबहिनी नभएकाहरुलाई दाजुभाइ नभएकाहरुले मन्दिरमा भाइटीका लगाउने क्रम जारी छ ।

२०७२ सालको गोरखा भूकम्पका कारण भत्किएको उक्त मन्दिर २०७७ सालमा पुनर्निर्माणपछि भक्तजनका लागि हुँदै आएको छ । 


Image

हेमकुमार प्रसाईं

प्रसाईं कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement