![लक्ष्मीपूजामा झिलिमिली काठमाडौं [तस्बिरहरु]](https://kantipurtv-assets-api.ekantipur.com/thumb.php?src=https://kantipurtv-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/DipawaliLaxmiPuja16-1699845728.jpg&w=1000&height=550)
काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजामा काठमाडौं उपत्यका झिलिमिली बन्यो ।
घरघरमा झिलिमिली बत्ती बालिएसँगै राजधानी काठमाडौं धपक्कै बलेको हो । उपत्यका आसपासका अग्लो स्थानबाट हेर्दा काठमाडौं लक्ष्मी पूजाको रात झिलिमिली देखिएको थियो ।
पछिल्लो समय विद्युतीय बत्तीको प्रयोग बढ्दै गएको छ । जसले गर्दा लक्ष्मीपूजामा काठमाडौं सहर धपक्कै बलेको थियो ।
व्यावसायिक मल तथा पसलहरु फूलमालाका साथै झिलिमिली बत्तीले सिंगारिएका थिए । झिलिमिली काठमाडौंको दृश्य तिहारको भाइटीकासम्म देख्न सकिनेछ ।
















