अछामको दुई स्थानमा जिप दुर्घटना : ९ जना घाइते, एकको अवस्था सिकिस्त

कार्तिक १३, २०८० |खम्म खत्री
अछामको दुई स्थानमा जिप दुर्घटना : ९ जना घाइते, एकको अवस्था सिकिस्त

अछाम । अछाममा सोमबार छुट्टाछुट्टै दुई स्थानमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । एक जनाको अवस्था सिकिस्त रहेको अछाम प्रहरीले जनाएको छ ।

आज बिहान मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाको देउमाडुमा सु.प. प्र. ०१-००१ ज १३५९ नम्बरको जिप बेक्र फेल भएर दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।

घाइते हुनेमा मेल्लेख गाउँपालिका - ६ का २१ वर्षीय सानु कुँवर, २६ वर्षका उत्तम खड्का, १८ वर्षीय समिर रावल, वडा नं ५ का १८ वर्षीय सतिष नेपाली र वडा नम्बर ६ का ३५ वर्षीय राजेन्द्र रावत घाइते भएका छन् । यस्तै वडा नं ५ का ५० वर्षीय टेकबहाबदुर रावत, २३ वर्षीय योगेन्द्र खड्का र जिप चालक २५ वर्षीय महेश खड्का घाइते भएका छन् ।

घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सतिश नेपालीको बयालपाटा अस्पतालमा उपचार सम्भव नभए पछि धनगढी रिफर गरिएको अस्पतालले जानकारी दिएको छ।

यस्तै आजै बिहान जिल्लाको चौरपाटी गाउँपालिका वडा नं १ स्थित बिउनी भन्ने स्थानमा से १ ज ४९० नम्बर जिप दुर्घटनामा भएको हो । दुर्घटनामा जिप चालक धर्म थापा घाइते भएका छन् । जिपमा चालक मात्रै थिए ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।