ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक ४, २०८० |प्रेम रौले
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर

बाजुरा । साँफे-मार्तडी राजमार्गमा पर्ने जडांगानजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका ६, जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दानीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार ट्याक्टर चालक दानीले मदिरा सेवन गरेकोले ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।