पहिरोले म्याग्दीका विभिन्न सडकखण्ड अवरुद्ध, सयौँ यात्रु तथा सवारीसाधन अलपत्र (तस्बिरहरू)

आश्विन १६, २०८० |घनश्याम खड्का
पहिरोले म्याग्दीका विभिन्न सडकखण्ड अवरुद्ध, सयौँ यात्रु तथा सवारीसाधन अलपत्र (तस्बिरहरू)

म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा पहिरो जाँदा मुख्य सडकहरु अवरुद्ध भएका छन् ।

सोमबार साँझदेखि रातभर परेको वर्षाको कारण पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड र बेनी-दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैँसरी, कुनौटो, अन्नपूर्ण गाउँपालिका २, नौनीबगर र वडा नम्बर ३ मा पर्ने गुइँठेलगायत क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक, कागबेनी-मुक्तिनाथमा सोह्र श्राद्ध गर्न गएका तिर्थालुहरु बाटोमा अलपत्र परेका छन् । मुस्ताङबाट स्याउ बोकेर आएका ट्रकहरु पनि पहिरोमा फसेका प्रहरीले जनाएको छ ।

त्यस्तै, सदरमुकाम बेनीबाट पश्चिमतर्फ बेनी–दरबाङ सडकको बेनी नगरपालिका- ४ फापरखेत र मालिका गाउँपालिका - ६ बाङ्गे पहिरोमा पनि पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाको यातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement