पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने सरकारको निर्णय

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद्को बैठकले मृल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।

चाडबाडको मुखमा मृल्यवृद्धि गर्दा सरकारसँग समन्वय नगरेको भन्दै प्रधानमन्त्री दाहाल निगमसँग असन्तुष्ट थिए ।

निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँले  मूल्य बढाएको थियो भने पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।

पुरानै मूल्य कायम हुँदा ग्यासको मूल्य प्रतिसिलिसन्डर एक हजार ८९५ रुपैयाँ हुनेछ । काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल र मट्टितेलको मूल्य १७३ कायम हुनेछ ।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार नयाँ खरिद मूल्य आएपछि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.