युवा पुस्तालाई संस्कृति सिकाउन काठमाडौंमा जितिया महोत्सव

आश्विन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
युवा पुस्तालाई संस्कृति सिकाउन काठमाडौंमा जितिया महोत्सव

काठमाडौं । बढदो शहरीकरण र आधुनिक परिवेशमा हुर्कँदै गरेका नयाँ पुस्तालाई संस्कृतिप्रति परिचित गराउन मैथिल महिलाहरुले राजधानीमा जितिया महोत्सव गरेका छन् । लोपोन्मुख नाच र लोकगीतको संरक्षणको उद्देश्यले जितियाको अवसर पारेर राजधानीमा कार्यक्रम गरिएको हो ।

मिथिलाञ्चलमा वैवाहिक तथा सांस्कृतिक अवसरमा प्रयोग हुने सामग्रीको प्रदर्शन गर्दै जितिया महोत्सव गरिएको हो । यसले नयाँ पुस्तालाई जीवन्त संस्कृतिसँग परिचय गराउने महोत्तरीकी अर्चना झाले जनाइन् ।

झा भन्छिन्, ‘विवाह प्रयोग हुने कतिपय स‌ामग्रीहरु पाउनौं छाडेका छन् । यहाँ झाँकी जस्तो गरेर ती सामाग्रीका बारेमा जानकारी दिन खोजिएको छ ।’

महोत्सवमा जितिया पर्वमा व्रत बस्नुअघि खाइने माछा, कोदोको रोटी, माटाका परम्परागत भाँडा प्रदर्शनमा राखिएको थियो ।

कार्यक्रममा पारम्परिक मैथिली, भगवती गीत, झिझिया नृत्यलगायत प्रस्तुत गरिएको थियो । सखीबहिनपा नामक संस्थाले गरेको कार्यक्रममा मैथिली भाषा, संस्कृतिको संरक्षणमा योगदान गर्ने महिलालाई सम्मानसमेत गरिएको थियो ।

तराई-मधेसका जिल्लामा महिलाले सन्तानको भलो र उन्नतिको कामना गर्दै जितियाको निराहार व्रत बस्ने चलन छ । यस वर्ष असोज २० गते जितिया पर्व मनाइने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement