काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति वेला देशभर मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि मौसम सफा नै रहने छ ।
महाशाखाले बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ ।