रोजगारी खोज्ने शिक्षाभन्दा रोजगारी प्रदान गर्ने शिक्षा आवश्यक छ : प्रधानमन्त्री ओली

मंसिर २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रोजगारी खोज्ने शिक्षाभन्दा रोजगारी प्रदान गर्ने शिक्षा आवश्यक छ : प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सरकारले अब रोजगारी खोज्ने शिक्षाभन्दा पनि रोजगारी प्रदान गर्ने शिक्षा आवश्कता रहेको बताउनु भएको छ । 

काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औं विश्वद्यालयको पहिलो चरणको दीक्षान्त समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार अब रोजगारी प्रदान गर्न केन्द्रित भएको र यसमा काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने बताउनुभएको हो ।

‘अहिले युवाहरुमा रोजगारी पाइन्छ कि पाइँदैन भन्ने चिन्ता भएको छ,’ उहाँले भन्नुभयो, ‘रोजगारी खोज्ने शिक्षा होइन, अब रोजगारी प्रदान गर्ने शिक्षाका लागि अगाडि बढेका छौं, विद्यार्थीहरुलाई पढाइसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशकै नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्नेछौं ।’

विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षाको पनि आवश्यकता भएको उहाँले बताउनुभयो । ‘विश्वविद्यालयमा आफूले आर्जन गरेको ज्ञानलाई अब व्यवहारमा उतार्ने समय भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँसम्मको अध्ययनपछि अब आफ्नै व्यवहारबाट धेरै कुराहरु सिक्दै जाने हो, इन्टर्नसिपमार्फत विद्यार्थीहरुले व्यवहारिक ज्ञान पनि सिक्न सक्नेछन् ।’

समारोहमा काठमाडौं विश्वविद्यालयबाट विभिन्न विषयका १ हजार २ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement