सुडानी अर्धसैनिक बलको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते

मंसिर ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुडानी अर्धसैनिक बलको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते

काठमाडौं । पश्चिमी सुडानको आवासीय भवन र विस्थापन शिविरहरूमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएको सुडानी सेनाले जनाएको छ ।

विद्रोही मिलिशियाले एल फशरको दक्षिणी क्षेत्र, शहरको दक्षिणमा जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरमा रहेको आवासीय क्षेत्रलाई निशाना बनाएको थियो । आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन । मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफबीच भीषण झडप भएको छ ।

मध्य अप्रिल २०२३ देखि सुडान द्वन्द्वले ग्रसित छ । यस घातक द्वन्द्वको परिणाम स्वरूप २७ हजार भन्दा बढीको मृत्यु भएको छ भने सुडानभित्र वा बाहिर एक करोड ४० लाख मानिस विस्थापित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement