सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

आश्विन १२, २०८० |सरिता चलाउने
सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२, कागखोला आउँदै गरेको लु-१ज १८६१ नम्बरको जिप शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा शारदा नगरपालिका १२ की ७६ वर्षीया धुर्बी बोहोरा, शारदा नगरपालिका १५ की ४९ वर्षीया मुना सेजवाल रहेको प्रहरी प्रमुख नवीन कार्कीले जनाए ।

कार्कीका अनुसार घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । उनका अनुसार जिप सडकदेखि ७० मिटर तल खसेको थियो । जिपमा १८ जना सवार थिए । दुर्घटनाको कारण खुल्न नसकेको उनको भनाइ छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।