हनुमानढोकामा ठड्याइयो इन्द्रध्वज लिङ्गो, इन्द्रजात्रा सुरु

आश्विन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
हनुमानढोकामा ठड्याइयो इन्द्रध्वज लिङ्गो, इन्द्रजात्रा सुरु

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १० : ३७ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ । समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिङ्गो काटिएको थियो । यही असोज ६ गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो । आज लिङ्गोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ ।

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement