आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना

आश्विन २, २०८० |कान्तिपुर टीभी संवाददाता
आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

भोलि (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

महाशाखाकाअनुसार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Enter Kantipur TV HD
Advertisement