आजको मुख्य समाचार:
- प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान/ असोज ४ गते महासभालाई सम्बोधन गर्ने/ शान्तिप्रक्रियाको प्रगतिबारे जानकारी गराउने ।
- सामाजिक सञ्जालका माध्यमबाट हुने अपराधका घटना बढेको बढ्यै/ दुई महिनाभित्रै साइबर अपराधका तीन हजार उजुरी/ नागरिक सचेत बनाउन सरकारी निकायकै बेवास्ता ।
- निःशुल्क भनिएका औषधि नै पाउँदैनन् कर्णालीवासी/ खरिदमा स्थानीय सरकारको बेवास्ता/ प्रक्रियागत झन्झट र बजेट अभावको बहाना ।
- अमेरिकी राष्ट्रपति बाइडन र युक्रेनी समकक्षी जेलेन्स्कीबीच वासिङ्टनमा भेटवार्ता तय/ युद्धग्रस्त युक्रेनलाई थप आर्थिक एवं सैन्य सहायताबारे छलफल हुने ।
- साफ अन्डर नाइन्टिन च्याम्पियनसिपका लागि नेपालको तयारी अन्तिम चरणमा/ घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य/ राष्ट्रिय टिमले नयाँ खेलाडी पाउने अपेक्षा ।