मनोहरा र हनुमन्तेमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

श्रावण १६, २०८० |कान्तिपुर टीभी संवाददाता
मनोहरा र हनुमन्तेमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भएपछि बागमतीको सहायक नदीहरुमा जलसतह बढ्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मनोहरा, हनुमन्तेलगायतमा जलसतह बढ्दै गएको जनाएको हो ।

महाशाखाले मनोहरा, बालकुमारी जलमापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेको जनाएको छ ।

साथै मनोहरा, हनुमन्ते आसपासका डुबान हुने बस्तीमा रहने तथा नदी किनारको सडक भई यात्रा गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

यस्तै महाशाखाले सिन्धुपाल्चोकको धापस्थित वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको जनाएको छ ।

मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना भएकाले मेलम्ची बजारलगयात तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.