जहाज कुर्दाकुर्दै बिरामीको मृत्यु

श्रावण १०, २०८० |प्रेम रौले
जहाज कुर्दाकुर्दै बिरामीको मृत्यु

बाजुरा । जिल्लाको पूर्वी-उत्तरी भेकको बूढीनन्दा नगरपालिका २ मा पर्ने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगुको खत्याड गाउँपालिकाका ११ का ६० वर्षीय बिर्खबहादुर कार्कीको मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रतीक न्यौपानेले जानकारी दिएका छन् ।

उनले दिएको जानकारीअनुसार लामो समयदेखि उच्च रक्तचापको बिरामी भएकाले मंगलबार सुविधा सम्पन्न अस्पताल नेपालगन्जमा लैजान रिफर गरेको कार्की हवाईजहाजको पर्खाइका कारण मध्यराति १२ बजे प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गुमाएको बताएका छन् ।

६ दिनदेखि गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि मंगलबार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको डा. न्यौपानले जनाए ।

उच्च रक्तचापका बिरामी कार्कीलाई टाउको दुख्ने, चक्कर लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले टाउकोमा रगत जमेको हुन सक्ने शंकाले सिटी स्क्यानका लागि नेपालगन्ज रिफर गरिए पनि मौसम खराबीका कारण जहाज नभएपछि मध्यराति साढे १२ बजे मृत्यु भएको हो ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement