काठमाडौं । सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरबाट निकालेको ¥याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
यसक्रममा सहकारी पीडितहरुले सडकमा अवरोध पु¥याएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।
र्याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
सहकारी पीडित बचतकर्ता महासंघ समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी तथा फरार रहेका सञ्चालकमाथि कारबाहीलगायतको माग गर्दै प्रदर्शन गरेको हो ।
पछिल्लो समय सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नदिने तथा सञ्चालक नै फरार हुन थालेपछि बचतकर्ताहरु आन्दोलित भएका हुन् । देशभरका सहकारी पीडितहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।