मीनबहादुर गुरुङ पक्राउलगत्तै थप चार जना प्रहरी नियन्त्रणमा

असार १२, २०८० |कान्तिपुर टीभी संवाददाता
मीनबहादुर गुरुङ पक्राउलगत्तै थप चार जना प्रहरी नियन्त्रणमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी छन् । उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

      भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement