नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको सपथ, आजै गरे पदभार ग्रहण

असार १, २०८० |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको सपथ, आजै गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । शितल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई सपथ गराएका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले आजै सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका छन् । यसअघि आजै बसेको संसदीय सुनवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

उनी सर्वोच्चमा ८ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम गर्दै आएका थिए । सुनवाई समितिले कार्कीसँग कार्ययोजना र उजुरीबारे जानकारी लिएको थियो । कार्कीले आफूले इमानपूर्वक काम गरेको र सुधारका लागि प्रयास जारी राख्ने बताएका छन् । कार्कीले जवाफ दिएपछि बाहिरिए लगत्तै समितिले सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो ।

कार्की वैशाख २५ गते प्रधानन्यायाधिशका लागि सिफारिस भएका थिए । प्रधानन्यायाधीशबाट उमेर हदका कारण कार्की साउन २० गते अनिवार्य अवकाशमा जानेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित