
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री दाहालले आजै नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका थिए । उक्त वार्तापछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलन आयोजना गरेर छलफल भएका मुद्दाहरुको बारेमा जानकारी दिएका थिए ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखड र राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची थियो । दाहालले उपराष्ट्रपति धनखडसँग पनि भेटवार्ता गरिसकेका छन् ।
राष्ट्रपति भवनमा भएकव राष्ट्रपति मुर्मूसँगको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

