भोलिदेखि विराटनगर भन्सार परिसरमै कार्गो रेल

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
भोलिदेखि विराटनगर भन्सार परिसरमै कार्गो रेल

विराटनगर । भोलिदेखि विराटनगर भन्सार परिसरमै कार्गो रेल आउने भएको छ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा कार्गो रेलको उद्घाटन गरेपछि भारतको बथनाहबाट कार्गो रेल नेपालका लागि छुट्ने विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले जानकारी दिएका छन् ।

भोलि आउने कार्गो रेलले सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न फलाम उद्योगको कच्चा पदार्थ लिएर आउने उनले बताए । रेलमार्ग सञ्चालनका लागि २०७५ साल कात्तिक ८ गते नै सफल परीक्षण भएपनि रेल सञ्चालन भएको थिएन । भन्सार परिसरसम्म कार्गो रेल सञ्चालन नहुँदा औद्योगिक कच्चा पदार्थ लगायतका सामग्री भारतको बथनाहमै रेलबाट उतारेर अर्को साधनबाट भन्सार ल्याउनु पर्ने बाध्यता थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.