पञ्चेश्वर आयोजनामा ‘ब्रेक थ्रु’ हुने प्रधानमन्त्री दाहालको भनाइ

जेष्ठ १४, २०८० |कान्तिपुर टीभी संवाददाता
पञ्चेश्वर आयोजनामा ‘ब्रेक थ्रु’ हुने प्रधानमन्त्री दाहालको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा पञ्चेश्वर आयोजनामा ‘ब्रेक थ्रु’ हुने बताएका छन् ।

नेपाल प्राध्यापक संगठनको महाधिवेशन समारोहमा प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा पञ्चेश्वर जलविद्यु्त आयोजना अघि बढाउने विषयमा सहमति हुने जानकारी दिए । यस आयोजनाको पानी बाँडफाँटमा कुरा नमिल्दा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अझै टुङगो लाग्न सकेको छैन ।

यस्तै हवाइ रुट थप गर्ने तथा सीमाको विषय प्राथमिकताका साथ उठाउने पनि दाहालको भनाइ छ ।

यो पनि...

प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे के भन्छन् भारतीय मिडिया ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.