रेशम चौधरीलाई आममाफी दिन गरिएको निर्णयप्रति इन्सेकको आपत्ति

जेष्ठ १४, २०८० |कान्तिपुर टीभी संवाददाता
रेशम चौधरीलाई आममाफी दिन गरिएको निर्णयप्रति इन्सेकको आपत्ति

काठमाडौं । अनौपचारिक सेवा कन्द्र (इन्सेक) ले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सरकारले आममाफी दिन गरेको निर्णयप्रति इन्सेकको आपत्ति जनाएको छ ।

इन्सेकले आजै एक विज्ञप्ति जारी गर्दै ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका चौधरीको नाम सिफारिस गरेर जघन्य अपराधका घटनामा दोषी सावित भइसकेका कुनै पनि व्यक्तिलाई आममाफी दिनु हुँदैन भन्ने न्यायको सर्वमान्य मान्यतालाई लत्याएको बताएको छ ।

‘कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित आठजना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई जेलमा रहेका व्यक्तिलाई सजाय माफीका लागि सिफारिस गर्नु दण्डहीनतालाई प्रश्रय दिनु हो,’ विज्ञप्तिमा भनिएको छ ।

सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ । तर भ्रष्टाचार, जबरजस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध, युद्ध अपराध, कुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिको दफा ३ मा स्पष्ट उल्लेख छ ।

सम्बन्धित समाचार...

रेशम चौधरीसहित १९ जनाको कैद माफी, ४८२ को सजाय मिनाह


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.