पूर्वसांसद रेशम चौधरीलाई आममाफी नदिन पीडितको माग

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
पूर्वसांसद रेशम चौधरीलाई आममाफी नदिन पीडितको माग

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गरी सरकारले छुटाउने तयारी अघि बढाएको भन्दै पीडित परिवारले आक्रोश पोखेका छन् ।

टिकापुर घटनामा मारिएका प्रहरी जवान लोकेन्द्रबहादुर चन्दकी श्रीमती पशुपति चन्दले अदालतको आदेशपछि थोरै भए पनि न्यायको अनुभूति पाएका पीडितहरूलाई चौधरीलाई छुटाउने सरकारी प्रपञ्चले घाउमा नुन चुक छर्किने काम भएको बताइन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने तथा डेढ वर्षीय बालक टेकबहादुर साउद सहित आठ जनाको ज्यान गएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement