बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ ।

प्रतिष्ठानमा नयाँ नेतृत्व आएको एक सय दिन पुगेको अवसरमा शुक्रबार आायेजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोश परिमार्जनबारे जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको जानकारी दिए । उनले बृहत् नेपाली शब्दकोशमा कुनै पनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको जनाए ।

उनले बृहत् शब्दकोश परिमार्जनका लागि सामाजिक संस्था र सरोकारवाला निकायसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउनेसमेत जानकारी दिए ।