बारामा ३ हजार १५ जना मिटरब्याजीपीडितले दिए उजुरी

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
बारामा ३ हजार १५ जना मिटरब्याजीपीडितले दिए उजुरी

बारा । जिल्ला प्रशासन कार्यालय बारामा ३ हजार १५ जना मिटरब्याजीपीडितले उजुरी दिएका छन् ।

अनुचित लेनदेन जाँचबुझ आयोगले जेठ १४ गतेसम्म म्याद थप गरेपछि बारामा उजुरी दिनेहरू बढेका हुन् । उजुरीमा मिटरब्याजीहरुले लिएको ऋणभन्दा बढी रकमको कागज बनाएको, तिर्दै गए पनि अझ धेरै ऋण बाँकी देखाएर दोस्रो कागज बनाएको उल्लेख छ । 

यस्तै घर, घडेरी आफ्नो नाममा गराएको, ऋण तिरे पनि कागज आफ्नै नाममा राखेको जस्ता उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.