सुरु भयो सदनमा सांसदहरुको विद्युतीय हाजिरी

जेष्ठ ८, २०८० |कान्तिपुर टीभी संवाददाता
सुरु भयो सदनमा सांसदहरुको विद्युतीय हाजिरी

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुको विद्युतीय हाजिरी सुरु भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उपस्थित सांसदहरुलाई सचिवालयले विद्युतीय हाजिरी गराएको छ ।

सदनको महत्वपूर्ण बैठकमा समेत सांसदहरुको उपस्थिति कम देखिने र गणपुरक संख्या नै नपुगेर बैठक नै स्थगित गर्नुपर्ने अवस्था आएपछि विद्युतीय हाजिरी सुरु गर्ने निर्णय भएको थियो ।

सभामुखको निर्देशनपछि सचिवालयले सोमबार विद्युतीय हाजिरी सुरु गरेको हो ।

राष्ट्रियसभामा भने १३औं अधिवेशनदेखि नै विद्युतीय हाजिरी सुरु गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.