पर्यटनमा सरकारको नीति : चलचित्र पर्यटनदेखि सगरमाथा सम्मानसम्म

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
पर्यटनमा सरकारको नीति : चलचित्र पर्यटनदेखि सगरमाथा सम्मानसम्म

काठमाडौं । सरकारले पर्यटनको प्रवर्धनका लागि विदेशी चलचित्र नेपालमा शुटिङ गर्न प्रोत्साहित गर्ने नीति लिएको छ । साथै चर्चित व्यक्तिलाई नेपालमा बोलाएर पर्यटकलाई आकर्षित गर्ने नीति सरकारले अघि सारेको छ ।

शुक्रबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सहासिक पर्यटनका नयाँ विधा प्रवर्धन गर्ने, चलचित्र पर्यटनको विकास गरी विदेशी चलचित्र नेपालमा छायांकन गर्ने, चर्चित व्यक्तिलाई बोलाएर पर्यटन प्रवर्धन गर्ने र सगरमाथा विशेष सम्मान कार्यक्रम गर्ने योजना अगाडि सारिएका छन् ।

त्यसैगरी सरकारले हवाई सेवालाई गुणस्तरीय बनाउने । अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने, नेपाल वायु सेवा निगमको पुनसंरचना गर्ने, नयाँ देशहरुसँग हवाई सेवाको बजार विस्तार सरकारले नीति अघि सारेको छ ।

निर्माण सकिएकालाई विमानस्थललाई पूर्ण क्षमतामा चलाउनुका साथै निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने र प्रादेशिक विमानस्थलहरु बनाउने सरकारले नीति अगाडि सारेको छ । पशुपति लुम्बिनीलाई विकास प्राथमिकता दिने नीति सरकारले अगाडि सारेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.