नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, पहाडी भू-भागमा वर्षाको सम्भावना

जेष्ठ १, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाले बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहेको उल्लेख गरेको छ । उक्त शक्तिशाली चक्रवात हाल बंगलादेश र म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेकाले त्यसको प्रभाव नेपालमा नरहेको हो ।

आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य मौसम बदली रहने महाशाखाको भनाइ छ । कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशीलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भाव छ।

भोलि (मंगलबार) कोशी र वाग्मती प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

बुधबार आंशिक बदली भइ पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुनेछ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement