रामेछापमा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

चैत्र १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
रामेछापमा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा सात जना घाइते भएका छन् ।

शनिबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार बा१६च ३८२५ नम्बरको जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.