भीम रावलसँग छलफल गर्न ‘एमालेको तीन सदस्यीय कार्यदल’

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
भीम रावलसँग छलफल गर्न ‘एमालेको तीन सदस्यीय कार्यदल’

काठमाडौं । शनिबार बसेको नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीका नेता भीमबहादुर रावलसँग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले समितिमा एमाले उपाध्यक्ष विष्णु पौडेल, लेखराज भट्ट र कर्णबहादुर थापालाई चयन गरेको छ । समितिले नेता रावलसँग असन्तुष्ट विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताइएको छ ।

मिटरब्याजीपिडितहरूका समस्या सम्बोधन गर्नका लागि पनि बैठकले सरकारलाई माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि भने भोलि बैठक बसेर निर्णय हुने बताइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.