टिपरको ठक्करबाट पाल्पाको देउरालीमा एक पैदल यात्रीको मृत्यु

चैत्र ५, २०७९ |माधव अर्याल
टिपरको ठक्करबाट पाल्पाको देउरालीमा एक पैदल यात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउराली मसारमा टिपरको ठक्करबाट ६९ वर्षीय होमबहादुर लाम्टाङगे मगरको मृत्यु भएको छ ।

सिद्धेश्वरस्थित खानीबाट चुनढुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले पैदल हिँडेका लाम्टाङगेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । मगरको घटनास्थलमै मृत्यु भएको हो । 

टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हार्थोक–सर्देवा भित्रि कच्ची सडकमा स्थानीय भेला भएर क्षतिपूर्तिको माग गरेका छन् । टिपरका मालिकलाई बोलाउनु पर्ने उनीहरूको माग छ । 

हार्थोक भित्र कच्ची सडक भएर सिजी सिमेन्ट र सर्वोत्तम सिमेन्टको चुनढुङ्गा खानीमा टिपरबाट चुनढुङ्गा, मिस्कट, ढुङ्गा, माटो, कोइला, क्लिङकर ओसारपसार हुन्छ ।  


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement