कारकेडबिनै कुमारी घर पुगे राष्ट्रपति (तस्बिरसहित)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
कारकेडबिनै कुमारी घर पुगे राष्ट्रपति (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई काठमाडौंको वसन्तपुरस्थित कुमारी दर्शनका लागि कुमारी घर पुगेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारकेडबिनै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारकेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नुपरिरहेका बेला पौडेलले कारकेडबिनै त्यहाँ पुगे ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना गरिएको थियो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.