‘ट्रेकिङ गाइड र टिम्स कार्ड’ बिना विदेशी पर्यटकले एक्लै पदयात्रा गर्न नपाउने

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘ट्रेकिङ गाइड र टिम्स कार्ड’ बिना विदेशी पर्यटकले एक्लै पदयात्रा गर्न नपाउने

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकले अझै पनि ‘लोकल ट्रेकिङ गाइड’बिना एक्लै घुम्न नपाउने भएका छन् ।

‘सोलो एडभेञ्चर’ प्रतिबन्ध लगाएको ५ वर्ष पछि सकारले देशैभरका दुर्गम ठाउँमा विदेशी पर्यटकले एक्लै पदयात्रा गर्न नपाउने निर्णय गरेको हो । बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) का केही प्रावधानहरू परिमार्जन गरेको जनाएको छ । नयाँ प्रावधान मार्च ३१, २०२३ बाट लागु हुने बताइएको छ ।

ट्रेकिङका लागि एक्लै हिँड्ने गरेका विदेशी पर्यटक पछिल्लो समय बेपत्ता हुने वा मृत अवस्थामा फेला पर्ने गरेपछि सरकारले सरोकारवालाहरूसँगको गम्भीर छलफलमा यस्तो व्यवस्था गरेको नेपाल पर्यटन बोर्डको भनाइ छ ।

नयाँ व्यवस्थासँगै सबै पदयात्रीहरूले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीहरूबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न पाउने छैनन् ।

नयाँ प्रावधानले पदयात्रीको सुरक्षाका अतिरिक्त नेपालको पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जना गर्ने र अनधिकृत पदयात्रा सञ्चालनलाई निरुत्साहित गर्ने बोर्डको विश्वास छ । बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो प्रावधान  कार्यान्वयनसँगै पदयात्रीहरूले व्यावसायिक सहयोगमा तुरुन्तै पहुँच पाउने छन् र कुनै पनि आपत्कालीन अवस्थामा उद्धार गर्न मद्दत मिल्ने छ ।' 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement