लाइसेन्स र पासपोर्टमा सधैँ सास्ती (भिडियो स्टोरी)

चैत्र १, २०७९ |सञ्जय लुइँटेल
लाइसेन्स र पासपोर्टमा सधैँ सास्ती (भिडियो स्टोरी)

काठमाडौं । आम नागरिकले लिने सरकारी सेवामा दुईथरि समस्या छन् : पहिलो, समयमा काम नहुने र पट्यारलाग्दो लाइनमा बस्नुपर्ने । दोस्रो– घुस खुवाएर मात्रै छिटो काम हुने । यिनै बेथितिका कारण सरकारी कार्यालयमा कुनै काम लिएर जानुपर्‍यो भने मानिसहरुमा चिटचिट पसिना आउन थाल्छ ।

हुन त सरकारले आफ्नो नीति तथा कार्यक्रममा सरकारी सेवा प्रवाहको भीड हटाउने भनेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेकै दिन सेवा प्रवाहमा देखिएको भीड हटाउने र सहज बनाउने आश्वासन दिएका थिए । तर, यातायात कार्यालय र राहदानी लिने ठाउँको सास्ती अझै कायमै छ भन्ने प्रमाण कान्तिपुर टेलिभिजनकर्मी सञ्जय लुइँटेलले रिपोर्टिङका क्रममा खिचेका माथिका दृश्यहरु हुन् ।    


Image

सञ्जय लुइँटेल

लुइँटेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement