शिवरात्रिको तयारीमा चिटिक्क पशुपति (फोटोफिचर)

माघ २९, २०७९ |श्रृजना बास्तोला|विनोद कोजू
शिवरात्रिको तयारीमा चिटिक्क पशुपति (फोटोफिचर)

काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले पशुपति परिसर सरसफाइ तथा पर्वका लागि व्यवस्थापकीय तयारी थालेको छ ।

२०७९ सालको महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्र विकास कोषले स्वच्छ पशुपति सफा पशुपति सरसफाइ अभियान चलाएको हो । सरसफाइ अभियान एक साता चल्ने पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार पशुपति परिसरमा रङरोगन तथा यात्रुले बस्नुपर्ने लाइन मार्गहरु मर्मत गरिँदै छ । महाशिवरात्री पर्व आउन अब सातादिन मात्र बाँकी रहँदा, झिलिमीली बत्तीसहित परिसर सजाइएको छ ।

शिवरात्रिलाई लक्षित गरी साधु बाबाहरुको आगमन पनि सुरु भएको छ ।

कोषले संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीको अध्यक्षतामा ८ वटा समिति गठन गरी व्यवस्थापनको काम गर्ने जनाएको छ । कोषका अनुसार साधु बाबाहरुका लागि भोजन तथा आवास समिति, स्वस्थ्य तथा सुरक्षा समिति, प्रचार-प्रसारलगायतका समितिहरु गठन गरेको छ । यसपटक १० लाख दर्शानर्थीले पशुपतिनाथको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ । पशुपति क्षेत्रमा बत्तीको झिलिमिली पनि थपिँदै छ । रङरोगन र सरसफाइको चटारो उस्तै छ । हेरौं शिवरात्रिका आगमनका लागि सिँगारिँदै गरिएको पाशुपत क्षेत्रका थप तस्बिर :


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।

Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement