यूएसएआईडीकी प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन (भिडियोसहित)

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
यूएसएआईडीकी प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन (भिडियोसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गरेकी छन् ।

पावरले मंगलबार ललितपुरको पाटन दरबारको अवलोकन गरेकी हुन् । सो अवसरमा परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि सहभागी थिइन् । पाटन दरबार क्षेत्रको अवलोकन गर्न पुगेकी पावरलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

दुईदिने नेपाल भ्रमणका क्रममा मंगलबार बिहान नेपाल आएकी सामन्था बुधबार स्वदेश फर्किनेछिन् । उनले आजै भक्तपुरको आदर्श माध्यामिक विद्यालयको अवलोकन पनि गरिन् । साथै विद्यालयमा विद्यार्थीसँग बास्केटबल खेल्नुका साथै अन्तर्क्रियासमेत गरेकी थिइन् ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको साता दिन नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाइ भेट गर्ने कार्यक्रम छ ।

भिडियो :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.