कर्णालीका हिमाली जिल्लामा हिमपात जारी : जनजीवन प्रभावित, सञ्चार र हवाई सेवा अवरुद्ध

माघ ११, २०७९ |सरोज थापा
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी : जनजीवन प्रभावित, सञ्चार र हवाई सेवा अवरुद्ध

डोल्पा । कर्णाली प्रदेशका डोल्पालगायत हिमाली जिल्लामा मंगलबारदेखिको हिमपातले जनजीवन प्रभावित भएको छ ।

डोल्पा लगायतका जिल्लामा अहिले पनि हिमपात भइरहेको छ ।

हिमपात भएसँगै अत्याधिक जाडो बढ्दा जनजीवन कष्टकर बनेको हो ।

चिसोले जनजीवन प्रभावित भएपनि किसान भने खुशी भएका छन् । हिउँ पर्दा कृषि बाली सप्रिने भन्दै किसान खुशी भएका हुन् ।

मंगलबार बिहानदेखि भएको हिमपातका कारण सञ्चारमाध्यम बन्द भएको छ भने हवाईसेवा पनि अवरुद्ध भएको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।