भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किए

माघ १०, २०७९ |प्रेम रौले
भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किए

बाजुरा । भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किएका छन् ।

आज दिउँसो २ बजेर ४३ मिनेटको समयमा बाजुरा केन्द्रबिन्दु भएर आएको भूम्कपका कारण बडीमालिका नगरपालिका वडा नम्बर - ७ सिराडीमा दर्जन घर भत्किएका हुन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ५.९ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिएको छ । 

भूकम्पपछि जिल्लाको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ । 


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।